चिनी बढी खाँदा स्वास्थ्यमा यस्ता असर

मंगलबार, २१ जेठ २०७६, ०८ : २६
चिनी बढी खाँदा स्वास्थ्यमा यस्ता असर

काठमाडौँ । खाद्यपदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्य समस्याको प्रमुख कारण रहेकोे पाइएको छ । यद्यपि, कति चिनी खानु स्वास्थ्यका लागि उपयोगी हो भन्ने हालसम्म प्रमाणित भइसकेको छैन । तर, अमेरिकी हार्ट एसोसियनका अनुसार पुरुषले एक दिनमा ३७ दशमलव ५ ग्राम अर्थात् एक सय ५० क्यालोरीबराबर चिनी खानु उपयुक्त हुन्छ । त्यस्तै, महिलाको हकमा एक दिनमा २५ ग्राम अर्थात् एक सय क्यालोरीबराबर उपयुक्त छ । तर, एक व्यक्तिले ७६ दशमलव ७ ग्राम चिनी खाने गरेको पाइएको छ । जसले स्वास्थ्यमा यस्ता समस्या निम्त्याउने गरेको छ ।

मोटोपना
चिनीको अत्यधिक सेवन मोटोपनाको प्रमुख कारण हो । चिनीमा उच्च क्यालोरी मात्रा हुने भएकाले मोटोपनको समस्या निम्तिने गर्छ । उच्च चिनीयुक्र सोडा, जुस, चिया, कफी, केकजस्ता खाद्यपदार्थको सेवनले मोटोपना बढ्छ । यस्ता खाद्यपदार्थको सेवनले भोक लाग्ने हुँदा बढी खाना खाइन्छ । फलस्वरूप शरीरमा क्यालोरीमा मात्रा बढ्न गई मोटोपन हुन्छ । 
 मुटुरोग
आजकल विश्वभर नै मुटुरोगीको समस्या बनेको छ । जसको कारण चिनीयुक्त खाद्यपदार्थ पनि प्रमुख हो । शरीरमा आवश्यकताभन्दा बढी चिनीको मात्रा हुँदा उच्च रक्तचाप र ब्लडसुगरको सम्भावना बढेर जान्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धमनीमा बोसो जम्मा हुन्छ र धमनी साँघुरो हुन जान्छ, जसलाई मेडिकल भाषामा एथोरोस्क्लेरोसिस भनिन्छ । यसले गर्दा रक्तसञ्चारमा समस्या आउने भएकाले मुटुमा विभिन्न समस्या देखापर्छन् । 
मधुमेह
पछिल्ला ३० वर्षदेखि विश्वभर मधुमेहका बिरामीको समस्या दोब्बर संख्यामा बढ्दै गएको अध्ययनले देखाएको छ । विशेषगरी, चिनीयुक्त जुस, सफ्ट ड्रिंक्स र अन्य खाद्यपदार्थबाट शरीरमा चिनीको मात्रा बढिरहेको पाइन्छ । जसले गर्दा रगतमा इन्सुलिनको मात्रा बढ्न जान्छ र मधुमेह हुन्छ ।
क्यान्सर
रगतमा चिनीको मात्रा बढी भएमा भिटामिन सीको कमी हुन्छ । फलस्वरूप शरीरमा प्रतिरोधी क्षमतामा एकाएक कमी आउँछ । त्यस्तै, चिनीकै कारण ग्रोथ हार्मोनको उत्पादनमासमेत कमी आउँछ । शरीरमा कोषको वृद्धि नियन्त्रण गर्न इन्सुलिनको महŒवपूर्ण भूमिका छ । क्यान्सरजन्य कोषको वृद्धिमा पनि सघाउ पु¥याउँछ । अनि, क्यान्सरको जोखिम बढेर जान्छ ।
डिप्रेसन
अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी ल्याउनुका साथै झर्किने र डिप्रेसनमा आउने समस्या निम्त्याँउछ । एक अध्ययनअनुसार फास्टफुड तथा प्रशोधित खानेकुरा बढी खाने व्यक्तिमा डिप्रेसनको समस्या बढी हुने गरेको छ । केक, चकलेट र गुलिया जुस आदिमा चिनीको मात्रा बढी हुन्छ । 
एजिङ
रगतमा चिनीको मात्रा बढी भएमा छाला सुक्खा हुने समस्या देखिन्छ । साथै, कोष र हर्मोन उत्पादनमा गडबडी आउने हँुदा कतिपय मानिसमा एजिङ ९चाँडै बुढो देखिने०को समस्यासमेत हुने गरेको पाइन्छ । 
अन्य
चिनीको मात्रा बढी भएमा शरीर सुन्निने, पेटमा समस्या हुने, हड्डी खिइने, टाउको दुख्ने र माइग्रेन हुने तथा मिर्गौलामा नकारात्मक असरसमेत पुग्ने गरेको छ । साथै, बच्चाको दाँतमा समस्या देखापर्छ । –नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस