वातावरण र वन संरक्षणमा कविता

सफल खबर संवाददाता

शनिबार, १८ जेठ २०७६, १५ : ४२
वातावरण र वन संरक्षणमा कविता

चितवन । नवजागृति सामुदायिक वन भरतपुर ११ ले वातावरण र वन संरक्षणमा कविता प्रतियोगिता गरेको छ । खुला जिल्लास्तरीय प्रतियोगितामा २७ जना स्रष्टाहरु सहभागी भएका छन् । सहभागीहरुले वातावरण र वन संरक्षणका बारेमा कविता वाचन  गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन साहित्यकार प्रेम विनोद नन्दनले कविता वाचन गरेर गर्नुभएको थियो । प्रमुख अतिथि नन्दनले सामुदायिक वनले वन र वातावरणको क्षेत्रमा कविता प्रतियोगिता गरेर चेतना दिनु अत्यन्तै सह्रानीय काम भएको बताउनुभयो । उहाँले वन र वातावरणको संरक्षणमा सबैलाई लाग्नसमेत अनुरोध गर्नुभएको थियो ।

वनका अध्यक्ष पुस्तकप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वनका उपाध्यक्ष भरत अधिकारी, सचिव शारदा पौडेललगायतले मन्तव्य दिनु भएको थियो । वनका अध्यक्ष गौतमले वन र वातावरणको संरक्षणमा सहयोग पुगोस् भन्ने हेतुले यस्तो कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रमका उपस्थित अतिथिहरुलाई पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो ।

सोही कार्यक्रममा भरतपुर ११ का प्रत्येक सामुदायिक विद्यालयका २÷२ जना गरी २८ जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । स्कुल व्याग र नगद १५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।


 

प्रतिक्रिया दिनुहोस