जहाँबाट शान्तिको बिगुल बज्यो

पत्रपत्रिकाबाट

बुधबार, १५ जेठ २०७६, ०७ : २०
जहाँबाट शान्तिको बिगुल बज्यो

काठमाडौँ । सशस्त्र द्वन्द्वको उत्तरार्धताका चर्चामा आएको थियो, पूर्वी रूकुमको चुनबाङ। तत्कालीन माओवादीले यहीं गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थिया । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसद्वादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो । 

त्यसको दशक नाघ्दै गर्दा यो ठाउँ ओझेलमा परेको छ । यहाँ युद्ध संग्रहालय बनाइए पनि सरोकारवालाले यसको संरक्षणमा त्यति चासो दिएका छैनन् ।  माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहालले आफू बसेको घर र बैठक स्थललाई २०७३ पुस ९ मा युद्ध संग्रहालयका रूपमा उद्घाटन गरेका थिए । 

संग्रहालयमा ऐतिहासिक दस्तावेज, युद्ध सामग्री, सहिदका स्तम्भलगायत संरचना बनाउने योजना अधुरै छ । नेकपाले यसको विकासमा ध्यान नदिने हो कि भन्ने स्थानीयको चिन्ता छ ।

‘बैठकताका यहीं घरमा प्रचण्ड (पुष्पकमल दाहाल) बसेका थिए’, स्थानीय ६८ वर्षीय यज्ञ वलीले घर देखाउँदै भने। यही घरमा नमुना हतियार राखिएको छ । बैठक बसेको एकतले फुसको छानो भएको घरलाई संरक्षण गर्न टिनको टहरो हालिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खेमबहादुर बुढाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस