पुल तथा सडक निर्माणको काम समयमा नगर्दा नागरिकलाइ सास्ती

पत्रपत्रिकाबाट

मंगलबार, १४ जेठ २०७६, ०८ : १७
पुल तथा सडक निर्माणको काम समयमा नगर्दा नागरिकलाइ सास्ती

काठमाडौं । प्रदेश २ मा रहेका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ । 
तराई मधेसमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीका साथै महोत्तरीको रातो नदी पुल र दुई वटा सडकको ठेक्का लिएको पप्पुले समयमा काम नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोले जनजीवन प्रभावित छ ।

सिरहा र धनुषाको सीमा भएर बग्ने कमलानदी र सिरहा सप्तरीको सीमामा बग्ने बलान नदीको पुल ठेक्का लागेको वर्षौ भए पनि अवस्था उस्तै छ । 

५५ करोड रुपैयाँभन्दा बढीको लागतमा ४ वर्षभित्र निर्माण पुरा गर्ने सर्तमा ठेक्का लिएको पप्पुले ९ वर्ष बित्दा पनि काम सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस