काठमाडौँ । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ ।
पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए । सरकारले पटक–पटक वार्तामा बोलाउदा चुनौती दिदै वार्ता अस्वीकार गर्ने विप्लव समुहले हिंसाकै बाटो रोजेको देखिन्छ । सरकारले विप्लव समुहमाथि कठोर नीति लिदै नेता र कार्यकर्ता पक्राउ गर्ने कामलाई निरन्तरता दिएको छ ।
दसबर्षे शसस्त्र द्धन्द्धले थिलथिलो भएको मुलुकमा संविधान जारी भएपछि समृद्धि र शान्तिको बाटोमा अगाडि बढिरहेको बेला विप्लव समुहले एकीकृत क्रान्तिको नारा अगाडि सार्दै विध्वसात्मक गतिविधि बढाएको छ । प्रतिबन्धपछि केही सामान्य बन्दै गएको परिस्थितलाई काठमाडौंमा भएको बम विस्फोटको घटनाले पुनः तरङगित बनाइदिएको छ ।
विगतमा दस बर्षे शसस्त्र द्धन्द्धमा एकसाथ सहभागी भएका नेकपा नेताहरुले विप्लवले नयाँ बाटो नरोजी पुरानै बाटोलाई निरन्तरता दिएकाले उनको नीति सफल हुन नसक्ने बताएका छन् ।
नेकपाका नेता राम कार्कीले विप्लवले गलत बाटो लिएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘विगतकै निरन्तरतामा विप्लवले क्रान्तिको सपना देखेका छन्, अहिलेको अवस्थामा विगतको बाटोले अगाडि बढने परिस्थिति छैन् ।’
उहाँले सरकारले जनपक्षिय काम गरेर विप्लवले अगाडि सारेको एजेण्डालाई स्वतः असफल बनाउन लाग्नुपर्ने बताउदै कामको प्राथमिकता निर्धारण गर्न नसकेको बताउनभुयो ।
कार्कीले भन्नुभयो,‘सरकार अलमलमा परेजस्तै देखिएको छ, व्यवहारमा एकीकृत सोच र चिन्तन देखिएन ।’ स्वास्थ्य शिक्षा, रोजगारीको क्षेत्रमा सरकारले काम गरेर देखाउने हो भने विप्लवको एजेण्डाले काम गर्दैन, उहाँले भन्नुभयो ।
आत्मघाती बम विस्फोटको घटना घटाउने विप्लव समुह अहिलेकै बाटोबाट अगाडि बढन नसक्ने निष्कर्ष नेकपाले निकालेको छ । नेता कार्कीले विप्लवले नयाँ सोचअनुसार काम गर्न नसकेको बताउदै पारदर्शी भएर नआउदा धेरै प्रश्न गर्ने ठाउँ रहेको तर्क गर्नुभयो ।
‘केही समय क्रान्तिको नाममा हिंसाको श्रृंखला चलाउने, केही मान्छे मार्ने र वार्तामार्फत विप्लव सत्तामा जादैनन् भन्ने के ग्यारेन्टी छ रु’, कार्कीले प्रश्न गर्नुभयो ।
४ सय १४ नेता कार्यकर्ता पक्राउ
सरकारले गत फागुन २८ गते विप्लव समुहलाई प्रतिबन्ध लगाउने घोषणा गरेसँगै चार महिनामा ४ सय १८ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पक्राउ परेका ४ सय १८ जनामध्ये हाल १ सय १४ जनामाथि अनुसन्धान भइरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँका अनुसार सोमवार मात्र विप्लव समुहका १५ जना कार्यकता पक्राउ परेका छन् । प्रवक्ता पोखरेलले विप्लवका नेता÷कार्यकर्ताहरुको खोजी जारी रहेको जानकारी दिनुभयो ।
६ स्थानमा सवारी साधनमा आगजनी
विप्लव समूहले आव्हन गरेको नेपाल बन्दअन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् । यसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ मा ना।७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका–१ मा ना।६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका–८ मा ना।२ ख ७४४४ नम्बरको बस, नवलपरासी ९पूर्व० कावासोती नगरपालिका–१६ मा बा।३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका–१ मा भे।७ प ४७५७ र भे।७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका–६ मा ना।८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएको प्रहरीले बताएको छ ।
मर्ने सबै आफ्नै कार्याकर्तास् विप्लव
नेकपा विप्लव समुहले काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटनमा आइतबार मारिने चारै जना आफ्ना कार्यकर्ता भएको स्वीकारेको छ ।
पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार्नु भएको छ ।
विज्ञप्तिमा विस्फोटनमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको उल्लेख गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ जेठ २०७६, ०६ : ३८
लेखकबाट थप