कीर्तिपुरका ढोका र गढपर्खाल इतिहास मात्रै

पत्रपत्रिकाबाट

सोमबार, १३ जेठ २०७६, ०७ : २५
कीर्तिपुरका ढोका र गढपर्खाल इतिहास मात्रै

काठमाडौं । मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ । 

१२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२ वटा पोखरी थिए । पोखरी भन्दा बाहिर जङ्गल थियो । त्यति मात्र होइन यी ढोकासँग जोडेर सहरको सुरक्षाका लागि गढ पर्खाल बनाइएको थियो तर अहिले ती गढ पर्खाल लोप भइसके । जङ्गलको नामोनिसान छैन । 

कीर्तिपुरलाई विश्व सम्पदा सूचीमा मध्ययुगीन बस्तीका रुपमा सूचीकृत गर्ने प्रयास भए पनि कीर्तिपुरका मौलिक गहना अब रमाइलो इतिहास मात्र बनेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस