मैले बोल्दा देशको नक्सा हल्लिन्छ

सफल खबर संवाददाता

शनिबार, ११ जेठ २०७६, १८ : २३
मैले बोल्दा देशको नक्सा हल्लिन्छ

चितवन l कवि धर्मेन्द्र नेम्वाङको नवीनतम् कविता सङ्ग्रह ' मैले बोल्दा देशको नक्सा हल्लिन्छ ´ बारे नारायणगढमा अन्तरक्रिया तथा एकल कविता वाचन सम्पन्न भएको छ ।

चितवन साहित्य परिषद् र नेपाली लेखक सङ्घको सयुक्त अायोजनामा अायोजित कार्यक्रममा डा एक नारायण पौडेल , डा केशव चालिसेले नेम्वाङका कविता शक्ति र सीमा बारे चर्चा गरेका थिए । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा अायोजित  कार्यक्रममा कवि नेम्वाङले साहित्यमा रङ्गवादको प्रयोग बारे धारणा व्यक्त गर्दै  अाधा दर्जन कविता  वाचन गर्नु भएको थियो ।

कवि नेम्वाङका कवितालाई कविहरु भूपिन, सुन्दर कुरुप, गणेश श्रमण, शान्ति शर्मा , बालकृष्ण थपलियाले पनि साथ दिएका थिए । 

प्रतिक्रिया दिनुहोस