गजल

विहीबार, ०९ जेठ २०७६, १४ : २३
गजल

- धनराज गिरी

मान्छे मात्र धेरै लड्ने देश नेपाल हो 
बेईमान अघि बढ्ने देश नेपाल हो

अति सोझा शोषित छन जहाँ रहे पनि 
फटाहाको खम्बा अड़ने देश नेपाल हो

विद्वान ती सारा दास अझ भेडा बाख्रा 
उल्टो उल्टो पाठ पढ्ने देश नेपाल हो

दुःख लाग्छ मलाई पनि यस्तो लेख्नु पर्दा 
पीड़ा मात्र मनमा गढ़ने देश नेपाल हो

शकुनिको तानाशाही चलिरहेको छ 
इमानदार शूली चढ्ने देश नेपाल हो

प्रतिक्रिया दिनुहोस