गाँजासहित दुई जना पक्राउ

रासस

विहीबार, ०२ जेठ २०७६, २० : २३
गाँजासहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–७ बाट १५० किलो गाँजा र बीआर ३० पी १४५८ नं को भारतीय जीपसहित ३७ वर्षीय सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८ का २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरिएको हो । 

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले दुवैलाई पक्राउ गरेको हो । यस्तै लालबन्दी नगरपालिका–६ स्थित सङ्गम लामाको घरबाट प्रहरीले ६२ किलो गाँजा बरामद गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस