नेपथ्यको ‘नासै छ्याँबा’ गीतको म्युजिक भिडियो सार्वजनिक

विहीबार, ०२ जेठ २०७६, १९ : ४३
नेपथ्यको ‘नासै छ्याँबा’ गीतको म्युजिक भिडियो सार्वजनिक

 

काठमाडौं । नेपथ्यको ‘नासै छ्याँबा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङ सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङपास नाघ्ने क्रममा मनाङकै परिवेशमा बसेर गीतको रचना गरेका थिए । रेकर्ड भने त्यसको चार वर्षपछि सन् २००८ मा गरिएको हो । गीत ‘ऐना झ्याल’ एल्बममा छ । 

‘मलाई धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो,’ अमृत भन्छन्, ‘त्यसै हिसाबले यसको रचना थालेको थिएँ ।’ तर, गीत पूरा हुने वेलामा भने नेपाली अन्तरा थपिएको उनले बताए । ‘त्यो वेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था देखेपछि मलाई असाध्यै नरमाइलो लाग्यो,’ अमृतले भने, ‘त्यसैले गीतको पछिल्लो भागचाहिँ नेपालीमै पूरा गरेको हुँ ।’  नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस