सलमानको सिको गर्दै पल शाह

विहीबार, ०२ जेठ २०७६, १९ : १३
सलमानको सिको गर्दै पल शाह

काठमाडौं । बलिउडका सलमान खान पर्दामा हिरोइनलाई किस गर्दैनन् । पहिलो हिट ‘मैने प्यार किया’देखि नै उनले यो नियम पालना गर्दै आएका छन् । पर्दामा किस नगर्नेमा बलिउडकै अजय देवगन पनि पर्छन् । उनले पनि असहज लाग्ने कारणले हिरोइनलाई पर्दामा किस नगर्ने बताउँदै आएका छन् ।

यता नेपालका हिरो पल शाहले पनि पर्दामा किस नगर्ने घोषणा गरेका छन् । उनले रिलिजको सँघारमा रहेको फिल्म ‘वीरविक्रम २’को प्रमोसनमा यस्तो घोषणा गरेका हुन् । 

आज बोलेको कुरा भोलि स्वयंलाई हेक्का हुन् । यसको प्रमाण उनकै साथी आँचल शर्मा हुन् । आर्यन सिग्देलले पनि कुनै समय आफ्नो ब्यानरबाहेक अरूका फिल्ममा अभिनय नगर्ने घोषणा गरेका थिए ।

तर, आजभोलि त्यो घोषणा कुनामा मिल्काएर मनखुशी फिल्म खेलिरहेका छन् । भोलि पल कुनै हिरोइनसँग पर्दामा लठारिएको देख्नुभयो भने कुनै अचम्म मान्नुपर्दैन । कसैले सम्झायो भने भनिदिन्छन्, ‘मैले त्यस्तो भनेको थिएँ र ?’ कलाकारको काम अभिनय गर्नु हो । अनेक थरी शर्त किन राखिरहनुप¥यो र ?

प्रतिक्रिया दिनुहोस