निष्ठुरी पूजा

बुधबार, ०१ जेठ २०७६, २१ : ३५
निष्ठुरी पूजा

काठमाडौं । भ्रकेही हिरोइनको बर्थडे कुनै ठूलो फिल्मको प्रिमियरभन्दा कम हुन्न। जस्तो कि, पूजा शर्माको। पूजाको फिल्म रिलिज हुँदा त्यति हल्ला हुन्न जति उनको जन्मदिनमा हुन्छ। यो साल पनि उनको बर्थडे थरिथरिका समाचारले हाइलाइटमा रह्यो।

पूजा ओछ्यानबाट नउठ्दै केही युट्युब उनको निवासमा पुगे। ढंगले लुगा लगाउन पनि पाएकी थिइनन्, अन्तर्वार्ता दिनुपर्‍यो। परिणामः वार्डरोब मालफंक्सन भयो। त्यसका पनि समाचार बने। दिउँसो फ्यान आएर गिफ्ट दिए। बेलुका फेरि आकाश श्रेष्ठले सुनको सिक्री गिफ्ट दिए। अन्त्यमा सेलब्रेसनको पालो आयो।

उद्योगका केही गिनेचुनेका सेलिब्रिटीसँग पूजाले जन्मदिन मनाइन्। तर, यसमा पनि कसैले नोटिस नगरेको रमाइलो भयो। पोहोर सालको जन्मदिनमा पूजाले सुदर्शन थापालाई केकको पहिलो गाँस खुवाउनुपर्ने आकलन थियो तर उनले रमेश उप्रेतीलाई खुवाइदिइन्। सुदर्शन फन्किएर हिँडे। यो खबर हप्तादिनसम्म बासी भएन।

यो साल पूजाले पोहोर सालको गल्ती सच्याउलिन् भन्ने केही अनुमान थियो तर उनले यसपालि पनि सुदर्शनलाई जिल्ल पारिन्। पहिलो केक उनले दीपकराज गिरीलाई खुवाइन्। पूजालाई हिरोइन बनाउन सुदर्शनको कम्ता योगदान छैन।

धेरै कुरा त्याग गरेका छन्। हुँदाहुँदा पछिल्लो समय त आकाश श्रेष्ठका लागि आफूलाई पनि त्याग गरेका छन्। कम्तीमा पूजाले केक चाहिँ सुदर्शनलाई नै खुवाउनुपर्ने। तर, पूजा साह्रै निष्ठुरी ! सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस