जरिन नचल्नुमा क्याट्रिना दोषी !

बुधबार, ०१ जेठ २०७६, १८ : १५
जरिन नचल्नुमा क्याट्रिना दोषी !

 काठमाडाैं । बलिउड अभिनेत्री जरिन खान १४ मेमा आफ्नो जन्मदिन मनाउँदै छिन् । जरिन बलिउडमा खासै जमिनन् । त्यसको कारण उनी अर्की अभिनेत्री क्याट्रिना कैफलाई मान्छिन् । सलमान खानको वीर फिल्मबाट डेब्यु गरेकी जरिनले सुरुमा बलिउडमा स्थापित हुने लक्षण देखाएकी थिइन् ।

जरिनलाई सलमानले नै फिल्ममा इन्ट्री गराएका हुन् । डेब्यु फिल्म फ्लप भएपछि उनलाई अन्य फिल्ममा पनि खासै सफलता मिलेन । लामो सामयपछि हेट स्टोरी–३ बाट जरिनले कमब्याक गरिन् । तर, त्यो फिल्मले पनि कमाल देखाउन सकेन । फिल्मको प्रमोसनताका जरिनले आफूलाई क्याट्रिनाजस्ती भनिएको बताएकी थिइन् । उनले भनेकी छिन्, ‘न मेरो अभिनयको कुरा भयो, न त प्रतिभाको ।’ त्यसको दोष उनले क्याट्रिनालाई दिने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस