Safal Khabar - रमदानका बेला विकिनी लगाएर भिडियो बनाउँदा विवादमा तानिइन कलाकार मन्दना कारिमी
आइतबार, १२ जेठ २०७६ (Sunday, 26 May, 2019)
रमदानका बेला विकिनी लगाएर भिडियो बनाउँदा विवादमा तानिइन कलाकार मन्दना कारिमी
बुधबार, ०१ जेठ २०७६, १४ : २४
रमदानका बेला विकिनी लगाएर भिडियो बनाउँदा विवादमा तानिइन कलाकार मन्दना कारिमी

मुम्बइ । मोडल तथा कलाकार मन्दना कारिमी विकिनी लगाएर भिडियो बनाएका कारण विवादमा तानिएकी छन् । 

लोकप्रिय टेलिभिजन कार्यक्रम बिग बोसको सिजन ९ की एक प्रतिस्पर्धी इरानी मूलकी मोडल कारिमीले ‘भाग जोनी’ नामक ठूलो पर्दाको सिनेमामा पनि अभिनय गरेकी छन् ।

कारिमीले हालै गुलावी र निलो रङ्को विकिनीमा एउटा भिडियो सुट गरेर पोस्ट गरिन् । त्यसपछि उनका फ्यानहरुले नै उनीमाथि निर्ममतापूर्वक शाब्दिक आक्रमण गरे । मुस्लिमहरुको पवित्र महिना रमादानका बेला यस्तो हर्कत गरेको भन्दै उनको आलोचना भएको हो । - एजेन्सी 
 

प्रतिक्रिया दिनुहोस