वर्षाविरुद्ध वर्षा

मंगलबार, ३१ बैशाख २०७६, २१ : २२
वर्षाविरुद्ध वर्षा

काठमाडौं । वर्षा राउत र वर्षा शिवाकोटीको अभिनयको जरा एकै ठाउँमा जोडिएको छ। अर्थात्, दुवैले ‘नाइँ नभन्नू ल’ सिरिजबाट डेब्यू गरेका हुन्। वर्षा शिवाकोटीले ‘नाइँ नभन्नू ल–२’ बाट डेब्यू गरेकी थिइन् भने र वर्षा राउतले ‘नाइँ नभन्नू ल–४’ बाट।

तर, एउटै सिरिजबाट डेब्यू गरे पनि दुवैको बीचमा अघोषित शीतयुद्ध छ। पाएसम्म एकअर्काको उछित्तो काढ्न बाँकी राख्दैनन्। गत साल तीजको भिडियो सँगै गरेपछि सम्बन्ध सौहार्द भएको धेरैको अनुमान थियो।

तर, पछि वर्षा शिवाकोटीले छाडेको फिल्म वर्षा राउतले गरेपछि सम्बन्ध जस्ताको तस्तै भयो। पछिल्लो समय त राउतलाई व्यंग्य गर्दै शिवाकोटीले टिकटक र युट्युबमा कलाकार देखिँदा क्रेज घटेकोसम्म अभिव्यक्ति दिएकी थिइन्।

सतहमा हेर्दा उनको चासो फिल्मप्रति लक्षित देखिए पनि यो खासमा राउतलाई व्यंग्य थियो। राउत टिकटक र युट्युबमा धेरै देखिने नायिकाभित्र पर्छिन्। भर्चुअल वारसँगै दुई वर्षा यो पालि बक्स अफिसमा पनि भिडदै छन्।

शिवाकोटी अभिनीत ‘वीरविक्रम २’ र राउत अभिनीत ‘जात्रैजात्रा’ एकै दिन हलमा रिलिज हुँदै छन्। कसले तालीको र कसले गालीको वर्षा पाउँछ, हेर्न रमाइलो हुनेवाला छ।

प्रतिक्रिया दिनुहोस