मन बुझाउने अवार्ड

मंगलबार, ३१ बैशाख २०७६, २० : १६
मन बुझाउने अवार्ड

 

काठमाडौं । नम्रता सापकोटा उद्योगमा बेरोजगारजस्तै छिन्। उनले न फिल्ममा काम पाएकी छिन्, न म्युजिक भिडियोमा। अझ गरेका फिल्म बक्स अफिसमा असफल भएपछि त उनको काम पनि कतै नोटिस भएन। जस्तो कि, नम्रताले ‘समर लभ’मा राम्रै काम गरेकी थिइन्।

फिल्म हेर्नेले उनको प्रशंसा पनि गरेका थिए तर फिल्म चलेन। सहअभिनेत्रीबाट अभिनेत्रीमा बढुवा हुने उनको चाहना अपूरै रह््यो। 

तर, बक्स अफिसमा लागेको चोटमा एउटा अवार्डले मलमपट्टी लगाइदिएको छ। शनिबार सम्पन्न डी–सिने अवार्डमा नम्रताले यही फिल्मबाट सहअभिनेत्रीमा अवार्ड पाएकी छिन्। नेपालमा बाँडिने फिल्म अवार्डले अरू केही नगरे पनि आत्मरतिमा रमाउने बहाना दिन्छन्। नम्रतालाई पनि कमसे कम मन बुझाउने बाटो त भयो ! सम्पूर्ण बाट  

प्रतिक्रिया दिनुहोस