ट्रफी लिएर सडकमा घुमिन् निता अम्बानी

एजेन्सी

मंगलबार, ३१ बैशाख २०७६, १९ : ०१
ट्रफी लिएर सडकमा घुमिन् निता अम्बानी

एजेन्सी । आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । यता, मुम्बई इन्डियन्स टीम भने सोमबार मुम्बई एयरपार्टमा भेटिएका थिए । 
आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले हराएको थियो । मुम्बईले योसमेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् । 

खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि निकै खुशी देखिएकी छिन् । उनले ट्रफीसँग फोटो खिचाएकी थिइन् भने ट्रफी बोकेर हिडेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस