दयाहाङ र लक्ष्मीको जोडीलाई दर्शकले मन पराए

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, १५ : ३३
दयाहाङ र लक्ष्मीको जोडीलाई दर्शकले मन पराए

काठमाडौं । म्युजिक भिडियोमा डान्सिङ प्याट्रन र फिल्ममा लोक फ्युजनका गीत संगीतको ट्रेन्ड अहिले  नेपाली संगीत बजारमा छ । डिजिटल बजारमा उपलब्ध यी गीत संगीतको चर्चा र आयु कति होला धेरैमा केही महिना । भिडियो हिट हुन्छ भिडियोका मोडेल र डान्सर हिट हुन्छन तर गायक, संगीतकार र रचनाकार भने सधै छायांमा पर्छन । 

सिर्जनामा दम छ भने गायक, कलाकार र रचनाकारको पनि खोजी, प्रशंसा र चर्चा हुन्छ भन्ने उदाहरण बनेको छ  ुपरानै दिन्छु ु म्युजिक भिडियो । छोटो समयमा नै लोकप्रीय बनेको यस गीतको भिडियोलाई १० लाख भिउज प्राप्त भएको छने भने मिडिया र दर्शक श्रोताबाट राम्रो रिभिउ पनि प्राप्त भैरहेको छ । यो भिडियो यही जेठ २० गते सार्वजनिक भएको थियो ।  
यस गीतमा शब्द प्रलाद शाहको रहेको छ भने संगीत हरि लम्सालको रहेको छ । गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ । गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन । 

अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरै जस्तै लाग्ने भिडियोमा कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने विकास धमालाले सम्पादन गरेका हुन । निकेस खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस