सरोगेसीबाट पिता बन्न सक्छन् सलमान

सोमबार, ३० बैशाख २०७६, २१ : १८
सरोगेसीबाट पिता बन्न सक्छन् सलमान

सलमान खान आखिर कहिले बिहे गर्छन् ? यो प्रश्न लामो समयदेखि अनुत्तरित छ । यहाँसम्म कि फिल्ममा पनि बिहेसँग जोडिएका मजाक सलमानलाई नै प्रयोग गर्ने गरिन्छ । यसैबीच, सलमान चाँडै नै पिता बन्ने खबर भारतीय मिडियाले प्रसार गरेका छन् । ती खबरलाई आधार मान्ने हो भने सलमान विनाविवाह पिता बन्ने योजनामा छन् ।

टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार सलमानले सरोगेसीका माध्यमबाट पिता बन्ने सोच बनाइरहेका छन् । यस्तो समाचार पहिले पनि आएको थियो । हुन त सलमानको बच्चाप्रतिको प्रेम कस्तो छ भन्ने धेरैलाई थाहा छ । 

सलमानलाई विवाहको प्रश्न गर्दा भने सधैँ गोलमाल जवाफ दिने गर्छन् । यसको मतलब हुन्छ कि सलमान अझै पनि विवाहको मुडमा छैनन् । सलमान फिल्ममा जोडिएको ३० वर्ष भइसकेको छ । सलमानको नाम अनेक अभिनेत्रीसँग जोडिँदै आए पनि अहिलेसम्म विवाहबारे भने कुनै संकेत दिएका छैनन् । नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस