मेकअप गर्नुअघि अपनाऔँ यस्ता सावधानी

आइतबार, २९ बैशाख २०७६, १८ : ३१
मेकअप गर्नुअघि अपनाऔँ यस्ता सावधानी

महिलाको सौन्दर्यका लागि मेकअप अनिवार्य आवश्यकताजस्तै हो । यद्यपि, मेकअप खालि अनुहारको सौन्दर्यका लागि मात्र भन्ने बुझ्नुहुन्न । अनुहारको सुरक्षाका लागि समेत मेकअप गरिन्छ । तर, मेकअपमा प्रयोग गरिने प्रडक्ट र आफ्नो छालाको प्रकृतिबारे भने सचेत हुन आवश्यक हुन्छ । किनकि, खराब मेकअपले क्षणिक रूपमा सुन्दर देखिए पनि पछि कुरूपसमेत बनाउन सक्छ । त्यसैले सकेसम्म प्राकृतिक मेकअप गर्नु बृद्धिमानी हुन्छ ।

पूर्ण रूपमा सफा गरेर मात्र मेकअप गर्नुपर्छ । त्यसैले राम्रोसँग अनुहार सफा गरेर मात्र मेकअप गर्न जरुरी हुन्छ । अनुहार सफा गर्दा छालाको प्रकृतिअनुसारकै फेसवास प्रयोग गर्नुपर्छ । जस्तो पायो त्यस्तै फेसवासले छालामा संक्रमण ल्याउन सक्छ ।
मोस्चराइजर प्रयोग गर्दा छालाको प्रकृतिबारे जानकार हुनुपर्छ । सुत्नुअघि राम्रोसँग अनुहार सफा गरी नाइट क्रिम लगाएमा स्किनमा चमक ल्याउन सहयोग मिल्छ ।
हतारमा मेकअप कहिल्यै पनि गर्नुहुँदैन । जहिले पनि मेकअप गर्दा बेस राम्रो बनाउन जरुरी छ । अनि, बिस्तारै प्रक्रियाअनुसार मेकअप गर्नुपर्छ ।
आँखावरिपरि कालो दाग छ भने फाउन्डेसनले छोपिदिनुपर्छ । वाटरप्रुफ प्रयोग गरेमा लामो समय मेकअप टिकाउन सम्भव हुन्छ । साथै, तपाईंको ड्रेसअपअनुसार मेकअपको कम्बिनेसन मिलाउनसमेत जरुरी छ । – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस