लघुकथा : अन्तिम पत्र

शनिबार, २८ बैशाख २०७६, १५ : १८
लघुकथा : अन्तिम पत्र

– राजन खनाल

खै‘त्यो मेरो रहर थियो या बाध्यता l बीचैमा पढाइ छाडी म इन्डिया गएको थिएँ, एक जना गाउँले दाजुको साथ लागेर । सायद् त्यतिबेला म सत्र–अठार वर्षको हुँदो हुँ । तिमीसँगको बिल्कुलै पहिलो भेट थियोे मेरो त्यो । आहा‘१ पसलमा साह्रै राम्ररी सजिएर बसेकी थियौ तिमी । साथीहरुको हिम्मत अनि साहसले १ दिन, २ दिन गर्दागर्दै म तिम्रो ज्यादै नजिक हुँदै गएँ ।

तिमीसँगको पहिलो भेटमै तिम्रा ओठ र मेरा ओठहरु एकाकार भए । त्यतिबेलाको तिम्रो स्पर्शले म साह्रै रन्थनिएको आज पनि याद छ मलाई । त्यसपछि झनै तिम्रो र मेरो सम्बन्ध चुलिँदै गयो । दिनमा दुई–चारपटक तिमीलाई नभेटे त दिन कटाउनै मुस्किल लाग्न थाल्यो । प्रत्येक भेटका आनन्ददायी चुम्बन आज पनि मेरो दिमागमा सल्बलाई रहेछन् ।

बीचमा तिमीसँग केही समय साथ छुट्दा मैले तिमीभन्दा केही तल्लोस्तरकी अर्कीसँग पनि सम्बन्ध राख्न नखोजेको भने होइन । उनीसँगको सामीप्यले त झन् मुटु–कलेजो नै छियाछिया होला झैँ भयो । त्यो पीडा मलाई असह्य भयो, अनि तिमीतिरै फर्किएँ ।

लामो समय तिमीसँगका सम्बन्धहरु रमाइलै भए । तर, अहिले आएर त्यो हाम्रो सम्बन्ध सम्झिँदा मलाई साह्रै आत्मग्लानि भएर आउँछ र पछुतो लाग्छ । पछि तिम्रो बारेमा बुझ्दै गएँ । तिमी त साहै्र खत्तम पो रहिछ्यौ । मजस्तै अरु कयौँ मान्छेहरुसँग सम्बन्ध राख्नु नै तिम्रो काम रहेछ । जति धेरै जनासँग सम्बन्ध बनायो उति राम्रीमा गनिँदिरहिछ्यौ तिमी ।

तिम्रो सम्बन्धमा रहने हामी सबैको शरीर, सम्पत्ति, घरबार सबैसबै बिगारिदियौ तिमीले । तिमीसँगका सम्बन्धले आफ्ना आफ्ना रहेनन् । सबैले घृणाको दृष्टिले हेर्न थाले । छरछिमेकी, इष्टमित्र सबै सबैबाट हेलाँ भएँ । तिमीले कयौँलाई रोग सारिदियौ ।

आज तिमीलाई उठाएर छातीमा टाँस्न खोज्दा पनि भतभती छाती जलेर आउँछ । तिमीसँगको सम्बन्धले बिनादोष मैले विभिन्न लाञ्छनाहरु खेप्नुप¥यो । भो, अब सक्दिनँ तिमीलाई झेल्न ।

आज यही ‘अन्तिम पत्र’मार्फत म तिमीलाई भन्दैछु– हामीले सँगै बिताएका ती नमीठा र तीता पलहरुलाई म पूर्णरुपमा पूर्र्णिवराम दिँदैछु, एउटा नमीठो सपना सम्झेर । मेरो जीवनमा अब कहिल्यै पनि आउने चेष्टा नगर्नू । हृदयमा कोरिएका, कुनै बेला अति मन पराइएका तिम्रा गाउँका काकाबाउ खोया बिर्के, सहरतिर बस्ने तिम्रा अंकल–आन्टी, ह्विस्की, ब्रान्डी, रमलगायत तिमी अनि तिम्रा सम्पूर्ण खानदानहरुसँग नाता तोड्दैछु । अब बिर्सेर पनि तिमी अनि तिम्रा इष्टमित्र मेरो छेउछाउ पनि नपर्नू । तिमीहरु सबैलाई आजैबाट तिलाञ्जलि । सधैँ–सधैँका लागि बाई–बाई‘ रक्सी‘ l

प्रतिक्रिया दिनुहोस