ललितपुर । “सेना र पुलिसले टोल नै घेरे । दशलाल उम्किन पाउने अवस्था रहेन । उसलाई समाएर लगे,” ६८ वर्ष अघिको यो घटना पाटन हखाटोल निवासी शङ्खलाल महर्जनका आँखामा अझै सो दृश्य घुमिरहेको छ ।
नारायणहिटी दरबारका बगैँचे दशलाल महर्जनले गरेको चोरी, ऊ बेला यो घटना चर्चित थियो । गोरखापत्रमा नौ लाख रुपियाँ बराबरको हीरा जवाहरत र १७ हजार रुपियाँ नगद चोरी भएको समाचार प्रकाशित भएको थियो ।
त्यतिबेला यो रकम निकै ठूलो मानिन्थ्यो । पाटनवासीहरू दशलालले तत्कालीन युवराज महेन्द्रको लाइटर, तत्कालीन युवराज्ञी रत्नको टायरा आदि चोरेको हल्ला आफूहरुले सुनेको बताउँछन् । “श्रीपेच समेत चोरेको भन्ने हल्ला थियो” शङ्खलालले भन्नुभयो, “सुनको बट्टा र लाइटरबाटै ऊ पक्राउ परेको हो ।”
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ बैशाख २०७६, ०८ : २५
लेखकबाट थप