आफ्नै छातीमा गोली प्रहार

पत्रपत्रिकाबाट

शनिबार, २८ बैशाख २०७६, ०७ : १६
आफ्नै छातीमा गोली प्रहार

विराटनगर । मोरङको कटहरीमा एक युवकले आफैंलाई पेस्तोल प्रहार गरेका छन्। मोरङ कटहरी गाउँपालिका १ राजवंशी चोकमा दिदीको घरमा बस्दै आएका २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका हुन्।

शुक्रबार राति ९ बजे घरमा कोही नभएको समयमा उनले आफ्नै छातीमा पेस्तोल प्रहार गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। 

पेस्तोल प्रहारबाट घाइते रुपेश आफैंले घाइते अवस्थामा प्रहरीलाई फोन गरेर जानकारी गराएको डिएसपी श्रेष्ठको भनाइ छ। दिदीको घरमा रुपेश र उनका भाइ बस्दै आएका थिए। भाइ शुक्रबार आफन्तको विवाहमा गएको समयमा उनले आफैलाई पेस्तोल प्रहार गरेको प्रहरीले अनुमान गरेको छ। अन्नपूर्णपोस्ट 

प्रतिक्रिया दिनुहोस