लुट्न सके लुटपछि पशुपतिको अर्को रङ्गशाला सम्बन्धी गीत ‘हजुर हाम्रै पाला’

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, १८ : ४९
लुट्न सके लुटपछि पशुपतिको अर्को रङ्गशाला सम्बन्धी गीत ‘हजुर हाम्रै पाला’

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवादपछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् ।
‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।
गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस