अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल २०१९

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, ०७ : १७
अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल २०१९

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए । अनुष्काले सात जनालाई पछि पार्दै ‘मिस नेपाल २०१९’को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस