'हनिमुनभन्दा फिल्म महत्त्वपूर्ण'

विहीबार, २६ बैशाख २०७६, २० : ४३
'हनिमुनभन्दा फिल्म महत्त्वपूर्ण'

काठमाडौँ । विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट सुखद डेब्यू गरेकी वर्षा राउत अहिले नेपाली फिल्मकी डिमान्डेड अभिनेत्री मध्येकी एक हुन् । सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को दुई सिरिजमा महत्त्वपूर्ण भूमिकामा निभाएकी उनले निकै कम फिल्ममा सोलो नायिकाको रुपमा काम गरेकी छन् । उनी सोलो नायिका रहेको फिल्म ‘जात्रा’ बक्सअफिसमा सुपरहिट साबित भएको थियो । 
 
उनको पछिल्लो रिलिज फिल्म ‘चौका दाउ’ हो । प्रदर्शनरत महसञ्चारको निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ मा पनि उनको विशेष भूमिका छ । तर, दुबै फिल्ममा उनको न भूमिका प्रभावकारी छ, न त अभिनय विश्वसनीय । अब उनलाई आफू अभिनीत हिट फिल्म ‘जात्रा’ को सिक्वेलप्रति ठूलो आशा छ ।  ‘जात्रै जात्रा’ आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मकी उनी सोलो नायिका हुन् । 
 
लिड रोलमा चल्न नसकेको फिल्मवृतमा टिका-टिप्पणी भइरहँदा वर्षाका लागि कुनै पनि हालतमा यो फिल्म बक्सअफिसमा सफल हुनुपर्ने चुनौती छ । यसैले पनि उनी यस फिल्मको प्रचारमा राम्रै दौडिरहेकी छन् । ‘जात्रै जात्रा’ को प्रचारका लागि तीन हप्ता लामो हनिमुन टुर समेत छोट्याएर नेपाल फर्किनुले यस फिल्मप्रति उनको आशा र भरोसा कुन हदसम्म छ भन्ने बुझ्न गाह्रो पर्दैन । फिल्मी खबर 

प्रतिक्रिया दिनुहोस