एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव, कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिइँदै

पत्रपत्रिकाबाट

विहीबार, २६ बैशाख २०७६, ०८ : ३६
एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव, कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिइँदै

काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।

परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ ।

एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस