नीकितालाई फेरि लफडा

बुधबार, २५ बैशाख २०७६, २१ : १८
नीकितालाई फेरि लफडा

भाग्यमानीलाई खातैखात, अभागीको पुर्पुरोमा हात । नीकिता चण्डकको फिल्मी यात्रा यस्तै छ । उनी फिल्म खेल्छु भनेर घोषणा गर्ने पहिलो मिस नेपाल थिइन् । उता ताजको चमक फिका हुन थालेपछि फिल्मतिर आएका थुप्रै मिस नेपाल छन् ।

तर, नीकिताले  मिस नेपाल भएलगत्तैका अन्तर्वार्तामा आफू नेपाली फिल्म खेल्न इच्छुक भएको बताएकी थिइन् । उनको यही रुचिलाई ख्याल गर्दै निर्माताले छिपछिपे प्रस्ताव पनि राख्ने गरेका थिए तर कुनै पनि प्रस्तावले मूर्तता पाएको थिएन ।

गत वर्ष भने ‘रानी महल ’शीर्षकमा बन्ने फिल्ममा नीकिता १० लाख रुपैयाँ पारिश्रमिक लिएर खेल्न राजी भएको समाचार आयो । थोरैतिना सुटिङ पनि भयो । तर, सुटिङ पूरा नहुँदै फिल्म बजेट अभावमा रोकियो । नीकिताको हिरोइन बन्ने रहर अधुरै रह्यो ।

केही दिनअघि फेरि उनले विराज भट्टको फिल्म साइन गरेको खबर आयो । धेरैले सोचे, बिचरी नीकिता बल्ल हिरोइन हुने भइन् । तर, यहाँ पनि उनलाई ब्याड लकले छाडेन । निर्माण नियन्त्रक शंकर पाण्डे र विराजको कुटाकुट प¥यो । चाँडै सुटिङमा जाने भनेको फिल्म यहाँ पनि अलपत्र । लफडा जति नीकिताकै फिल्ममा आइलाग्नपर्ने ! सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस