आज ‘सुहाना थापा’को २२ औँ जन्म दिन

बुधबार, २५ बैशाख २०७६, १६ : २४
आज ‘सुहाना थापा’को २२ औँ जन्म दिन

काठमाडौँ । अभिनेत्री, निर्मात्री झरना थापा तथा निर्माता सुनिल कुमार थापाकी छोरी  सुहाना थापाको आज जन्म दिन । आज उनको २२ औँ जन्म दिन हो  ।सामाजिक संजालमा उनलाई जन्म दिनको धेरैले शुभकामना दिएका छन्  । उनले  अभिनय गरेको फिल्म ए मेरो हजुर ३ हाल प्रदर्शन भैरहेको छ ।

पहिलो फिल्ममा दमदार अभिनय गरेको कारण उनलाई अहिले अर्को नयाँ फिल्ममा पनि काम गर्ने मौका मिलेको छ । आफ्नै होम  प्रोडक्सनमा बन्न लागेको फिल्म ‘भागवत गीता’मा अनमोल केसीसँग दोस्रो सहकार्य गर्नेछिन् ।  सुहाना लाई सफल खबरको तर्फबाट धेरै धेरै शुभकामना छ । 

प्रतिक्रिया दिनुहोस