प्रियंका कार्की स्वीमसूट अवतारमा

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १५ : २०
प्रियंका कार्की स्वीमसूट अवतारमा

काठमाडौं । रुसलानले आफ्नो ब्राण्ड सद्भावना दूत प्रियंका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ ।

रुसलानले नेपालमा पहिलो पटक हाइ–फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ । 
यो वर्ष रुसलानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुसलान अल्ट्रा प्रिमियम भोडका र रुसलान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ । 

र पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरुमा सर्वाधिक रुचाइएकी प्रियँका कार्कीसँग सहकार्य गरेर रुसलान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ ।

प्रियंका भन्छिन्, “रुसलान एक अद्भूत ब्राण्ड हो । अहिलेको व्यवसाय भनेको नै बजारमा तहल्का मच्चाउनु हो र जोखिमयुक्त तौर तरिकाहरु एवं नवीन सिर्जनाहरुको उपायद्वारा उपभोक्ता र दर्शकहरुसँगको सम्बन्धलाई नवीकरण गरिरहनु हो ।’ 

हाइ–फेशन क्यालेण्डरहरु मार्फत् ब्राण्ड आबद्धताको परम्परा विश्वव्यापी रुपमा एक प्रचलित विषय हो र ती मध्ये केही विश्व–स्तरका ब्राण्डहरु छन् । 
यसको छायाँकन भैरहवा स्थित उत्कृष्ट आरामदायी टाइगर प्यालेस रिजोर्टमा गरिएको हो ।


 

प्रतिक्रिया दिनुहोस