के गर्भवती छिन् दीपिका पादुकोण ? तस्विरमा हेर्नुहोस्,

एजेन्सी

बुधबार, २५ बैशाख २०७६, १३ : ५५
के गर्भवती छिन् दीपिका पादुकोण ? तस्विरमा हेर्नुहोस्,

बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडा मेट गाला २०१९ मा निकै भिन्न शैलीमा देखिए । दीपिका पादुकोणका लागि उनको बार्बी लुकका लागि निकै तारिफ गरिँदै छ भने प्रियंकाको भने उनका लागि सोसल मिडियामा निकै ट्रोल गरिँदै छ । दीपिका ट्रोल त भइनन् तर एक आफ्टर पार्टीको तस्बिरले भने सोसल मिडियामा उनलाई चर्चित बनाइदिएको छ ।

माथिको तस्बिर प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । तस्बिरमा दीपिका पादुकोण पहेँलो रङको पहिरनमा देखिएकी छिन् । तस्बिरमा दीपिकाको पेट पुटुक्क बाहिर देखिएको छ । प्रयोगकर्ताले यसलाई दीपिकाको बेबी बम्प बताउँदै उनी गर्भवती भइरहेको अनुमान गरिरहेका छन् ।

दुई–तीनजना प्रयोगकर्ताले दीपिका गर्भवती भएको लेखेपछि त्यसपछि कमेन्ट बक्समा यसको चर्चा नै सुरु भयो ।

न्यूयोर्कमा आयोजित मेट गाला २०१९ मा उपस्थिती जनाउनका लागि संसारभरीका सेलिब्रिटी पुगेका छन् ।

प्रियंका चोपडा श्रीमान् निक जोनससँग देखिइन् भने दीपिका एक्लै कार्यक्रममा उपस्थित भइन् । दीपिकाकी स्टाइलिस्टले सोसल मिडियामा उनको तस्बिर साझा गरेकी छिन् ।

उनको तस्बिरमा दीपिकाका श्रीमान रणबीर सिंहले पनि कमेन्ट गरेका छन् । रणबीरले कमेन्टमा लेखे, ‘लभ इट, स्म्यासिङ’ ।

प्रतिक्रिया दिनुहोस