तापसी ट्रोलको सिकार

मंगलबार, २४ बैशाख २०७६, २१ : ३१
तापसी ट्रोलको सिकार

बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो बोल्ड अभिव्यक्तिका कारण पनि चर्चामा आइरहन्छिन् । हालै उनले एयर इन्डियाविरुद्ध दिएको अभिव्यक्तिले तरंग ल्याएको छ । तापसीले एयर इन्डियाको फ्लाइटबाट यात्रा गर्दा एउटा यस्तो घटना घट्यो, जसका कारण उनले आफ्नो रिसलाई शान्त पार्न सकिनन् । र, उनले एयर इन्डियाको विरुद्धमा ट्विट गरिन् ।

तापसीले ट्विट गर्दै लेखेकी छिन्, ‘जब एयर इन्डियाले यो सुनिश्चित गरिदिन्छ कि तपाईंको छुट्टीको सुरुवात बेकार हुनेछ । तर, किन थाहा छ ? दुःखदायी यात्रा अनुभूतिका कारण बिदाको पर्खाइ झनै पीडादायी बनाइदिन्छ ।’ उनको ट्विटमाथि मान्छेले फरक–फरक रियाक्सन दिएका छन् । केहीले तापसीको समर्थन गरेका छन् भने कतिले त उनको मजाक नै उडाएका छन् । एकजनाले लेखेका छन्, ‘हामीले पनि तपाईंको फिल्म जुड्वा हेरेपछि यस्तै दुःखदायी अनुभूति भएको थियो ।’

अर्काले लेखेका छन्, ‘यो सायद तपाईंले दिएको फ्लप फिल्मको बदला लिनका लागि थियो ।’ तापसी अहिले अनुराग कश्यपको फिल्म ‘साँड कि आँख’को सुटिङमा व्यस्त छिन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस