पैसाका लागि बाबुले राखे छोरो बन्धक

पत्रपत्रिकाबाट

मंगलबार, २४ बैशाख २०७६, ०८ : ५०
पैसाका लागि बाबुले राखे छोरो बन्धक

सम्पती । पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ ।

आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए ।

इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिनेश पराजुलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस