‘टाइगर जिन्दा हे’ को सिक्वेलमा पनि सलमान-कटरीना

सोमबार, २३ बैशाख २०७६, १३ : ३०
‘टाइगर जिन्दा हे’ को सिक्वेलमा पनि सलमान-कटरीना

निर्देशक अली अब्बास जफरले सुपरहिट फिल्म 'एक था टाइगर' सिरिजको तेस्रो फिल्मको घोषणा गरेका छन् । उनी अहिले आफ्नो नयाँ फिल्म 'भारत' मा व्यस्त छन् । यसमा अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ लिड रोलमा छन् । अली, सलमानका भरपर्दा निर्देशक हुन् । 'भारत' सँगै दुईको 'सुल्तान' र 'टाइगर जिन्दा हे' मा टिमअप भइसकेको छ । 

 

फेरि एकपटक अलीले सलमान र कटरीनाको जोडी सिल्भर स्क्रिनमा दोहोर्‍याउने भएका छन् । उनी 'एक था टाइगर' को तेस्रो सिक्वेल बनाउँदैछ । फिल्मको कहानीलाई लिएर उनले एक अन्तर्वार्तामा भने- 'मेरो लागि सबैभन्दा पहिला कहानी खोज्न निकै आवश्यक हुन्छ । म निकै खुसी छु कि, मसँग 'टाइगर जिन्दा हे' को सिक्वेलका लागि भने कहानी छ ।' 

 

यो फ्रेन्चाइजलाई अगाडि बढाउन निकै आवश्यक रहेको पनि उनले बताए । यो सिरिजको पहिलो फिल्म 'एक था टाइगर' लाई कबीर खानले निर्देशन गरेका थिए । 'टाइगर जिन्दा हे' भने अलीले निर्देशन गरेका थिए । उनले फिल्म 'भारत' रिलिज भएपछि सिक्वेलको काम सुरु गर्ने बताए । सम्भवतः २०२० बाट छायांकन सुरु हुनेछ । 

 

उनले अगाडि भने- 'मैले 'एक था टाइगर' को तेस्रो सिक्वेलको आइडियाको बारेमा सलमान खान र आदित्य चोपडासँग कुरा गरिसकेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । तर, पहिला 'भारत' को रिलिजको प्रतिक्षा गर्नुपर्नेछ ।' 'भारत' ५ जुनमा रिलिज हुँदैछ । यसमा सलमान र कटरीनाको अलावा दिशा पाटनी, सुनील ग्रोवर र तब्बू प्रमुख भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस