गर्भ बसेपछि अक्षयकी यी नायिकाले गरिन् इन्गेजमेन्ट

एजेन्सी

सोमबार, २३ बैशाख २०७६, १३ : १८
गर्भ बसेपछि अक्षयकी यी नायिकाले गरिन् इन्गेजमेन्ट

बलिउड नायिका एमी ज्याकसनले सन् २०१९ मा एउटा तस्बिर सेयर गर्दै आफ्नो प्रेमीलाई सार्वजनिक गरेकी थिइन् । यसका साथै उनले जर्ज पानायिटूलाई आफूलाई भाग्यमानी महिला बनाइदिएकोमा धन्यवाद पनि दिएकी थिइन् । आफ्ना प्रेमीको नाम खुलासा गरेपछि नायिकाले आफू गर्भवती भएकोसमेत जानकारी दिएकी थिइन् जसले धेरैलाई चकित बनाएको थियो ।  

एमीबारे अर्को नयाँ खबर सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार उनले हालै आफ्ना प्रेमी जर्ज पानायिटूसँग लण्डनमा इन्गेजमेन्ट गरेको खबर छ ।

इन्गेजमेन्टको तस्बिर सोसल मिडियामा सेयर गरिएको छ । यो जोडीले इन्गेजमेन्टपछि चाँडै नै विवाह पनि गर्ने खबर आइरहेको छ । एमी अन्तिम पटक फिल्म २.० मा रजनीकान्त र अक्षय कुमारसँग देखिएकी थिइन् ।

केही दिन अघि नायिकाले एक म्यागजिनसँगको अन्तरवार्तामा बच्चालाई यति चाँडै जन्माउने कुनै पूर्वयोजना नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामीले बच्चाको योजना बनाएका थिएनौं । हामी यस्तो अवस्थामा छौं जहाँ सबै कुराका लागि तयार हुन्छौं । मलाई लाग्दैन कि कसैले यसको लागि योजना बनाउन सक्छ तर हामी सही स्थानमा छौं ।’

उनले थपिन्, ‘हामी दुबै निकै खुसी छौं, हामीसँग राम्रो घर छ र आमा–बुवा बन्न लागेकोमा निकै उत्साहित छौं ।’

 

प्रतिक्रिया दिनुहोस