कलंकीमा पनि पिक एन्ड ड्रप

पत्रपत्रिकाबाट

सोमबार, २३ बैशाख २०७६, ०८ : ०९
कलंकीमा पनि पिक एन्ड ड्रप

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुँडिखेल र कोटेश्वर चोक आसपासमा पिक एन्ड ड्रप प्रणाली कार्यान्वयन प्रभावकारी भएसँगै कलंकी एरियामा आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ । 

महाशाखाले उपत्यकाकै अत्यन्त व्यस्थ चोक कलंकीमा ट्राफिक व्यवस्थापन गर्नको लागि पिक एन्ड ड्रप कार्यान्वयनमा ल्याएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले अन्य स्थानमा पिक एन्ड ड्रप प्रभावकारी भएकाले विस्तार गर्दै आएको बताए । 

प्रतिक्रिया दिनुहोस