विराटको क्रस अनुष्का थिइनन्

आइतबार, २२ बैशाख २०७६, २० : ३२
विराटको क्रस अनुष्का थिइनन्

क्रिकेटर विराट कोहली र हिरोइन अनुष्का शर्मालाई पर्फेक्ट जोडी मानिन्छ । दुवैजना केही समय प्रेम सम्बन्धमा रहे । उनीहरूले २०१७ मा विवाह गरे । तर, विराटको क्रस अनुष्का भने थिइनन् ।

विराट सानैदेखि करिश्मा कपुरको फ्यान थिए । उनी स्कुल पढ्थे । त्यतिवेला करिश्मा उनको पहिलो क्रस थिइन् । यस कुराको खुलासा विराट आफैँले एक अन्तर्वार्ताका क्रममा बताएका थिए । विराट–अनुष्काको पहिलो भेट भने एक टिभीको विज्ञापनका क्रममा भएको थियो ।

यसपछि दुवैबीच मित्रता बढ्यो र मित्रता प्रेममा परिणत भयो । दुवै प्रायः साथै देखिने, विभिन्न कार्यक्रममा सँगै जाने गर्न थालेपछि उनीहरूको प्रेम गोप्य रहन सकेन । पछि उनीहरूले विवाह पनि गरे । यो चर्चित बलिउड विवाहमध्ये एक थियो । उनीहरूले इटालीको करिब आठ सय वर्ष पुरानो गाउँमा विवाह गरेका थिए । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस