बिनोद लामा र देवि गजमेरको आवाजमा रहेको कमेडी गीत "पण्डित बा" सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २२ बैशाख २०७६, १२ : ३०
बिनोद लामा र देवि गजमेरको आवाजमा रहेको कमेडी गीत "पण्डित बा" सार्वजनिक

काठमाडौं । मनसुन क्रियशन प्रालीको प्रस्तुतीम निकै रमाइलो भाकामा आधारित गीत "पण्डित बा" गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा गायक बिनोद लामा र देवि गजमेरको आवाजमा सजिएको भिडियो सार्वजनिक भएको हो  ।

बिक्रम लामाको सर्वोकृष्ट शब्द सिर्जना तथा  बिनोद लामाको लय सिर्जनामा रहेको निकै चोटिलो प्रस्तुतिलाई गीत मार्फत समेटिएको छ  । मायाको प्रेम प्रसंगलाई निकै रमाइलो तरिकाबाट ब्यक्क्त गरिएको छ  । गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन ।
बासु बरालको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छि धुर्बे र चर्चित मोडल आरुसी मगरको अभिनय रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस