टाइगरसँग मेरो बेस्ट चुम्बन : अनन्या पाण्डे

एजेन्सी

आइतबार, २२ बैशाख २०७६, १० : ५०
टाइगरसँग मेरो बेस्ट चुम्बन : अनन्या पाण्डे

बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डे आउँदो शुक्रवारबाट संसारभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘स्टूडेन्ट अफ दि ईयर २’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । उमेरले २० वर्षकी अनन्याले फिल्ममा अभिनेता टाइगर श्राफसँग चुम्बन सिन दिएकी छन् । उनी यसलाई आफ्नो बेस्ट चुम्बन बताउँछन् । 
 
अनन्या हालै को एक्टर्स टाइगर र तारा सुतारियासँग रेडियो शोमा फिल्म प्रमोट गर्न पुगेकी थिइन् । जब होस्टले टाइगरलाई सोधे- 'तपाईं किसमा बेस्ट हुनुहुन्छ ?' कन्फ्यूज्ड टाइगरले जवाफमा भने- 'म केमा बेस्ट छु ? मलाई नै थाहा छैन । किस गर्न म बेस्ट छु वा छैन ? थाहा छैन ।' उनको जवाफ नसकिँदै अनन्याले आफ्नो किस राम्रो रहेको बताइन् । 
 
उनले भनिन्, 'मलाई लाग्छ कि, म किसमा बेस्ट छु । यो म दाबीका साथ भन्छु ।' जब होस्टले उनीसँग टाइगर श्राफलाई चुम्बन गर्दाको अनुभव सोधे तब उनले निर्धक्क भनिन्, 'यो पहिलो पहिलो चुम्बन थियो । यसभन्दा अगाडि मैले कसैलाई चुम्बन गरेको थिइनँ, त्यसैले मलाई यसको अनुभव थिएन । टाइगरसँग मेरो चुम्बन भने सबैभन्दा राम्रो थियो ।' 
 
‘स्टूडेन्ट अफ दि ईयर २’ लाई पुनीत मल्होत्राले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेत्री आलिया भट्टले हुक अप गीतमा स्पेशल अपियरेन्स दिएकी छन् । उनी यो फिल्मको पहिलो पार्टमा लिड अभिनेत्री थिइन्, जसबाट उनले डेब्यू गरेकी थिइन् । २०१२ मा रिलिज भएको फिल्मलाई करन जौहरले निर्देशन गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस