बालकमाथि यौन दुराचार गरेको अभियोगमा युरोपियन युनियनका पूर्वकर्मचारी पक्राउ

पत्रपत्रिकाबाट

आइतबार, २२ बैशाख २०७६, ०७ : ३५
बालकमाथि यौन दुराचार गरेको अभियोगमा युरोपियन युनियनका पूर्वकर्मचारी पक्राउ

काठमाडौँ । दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ । 
नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरुमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो ।
पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्सका रुपमा कार्यरत थिए । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस