हनिमुन मनाउन शाहरुखले गौरीलाई पेरिस लान्छु भनेर दार्जिलिङ लगेका थिए

शनिबार, २१ बैशाख २०७६, १८ : ५०
हनिमुन मनाउन शाहरुखले गौरीलाई पेरिस लान्छु भनेर दार्जिलिङ लगेका थिए

एजेन्सी । बलिउडका किंग शाहरुख खानले पत्नी गौरी खानसँगको वैवाहिक सम्बन्धका बारेमा केही आश्चर्यजनक स्वीकारोक्ति गरेका छन् । उनले पत्नी गौरीलाई हनिमुनका लागि पेरिस लैजाने बाचा गरेर लान नसकेको खुलासा पनि गरेका छन् ।

टाइम्स अफ इन्डियाको समाचार अनुसार जतिबेला उनले गौरीसँग विवाह गरेका थिए, त्यसबेला उनको कमाई एकदमै कम थियो । शाहरुखले गौरीलाई हनिमुनका लागि आइफल टावर देखाउन पेरिस लाने बाचा गरेका थिए । तर त्यहासम्म जानका लागि उनीसँग पर्याप्त पैसा थिएन । 

त्यसपछि शाहरुखले आफ्नो अवस्था बताएर गौरीलाई सम्झाए । विवाहको २० दिनपछि हनिमुन मनाउन उनले गौरीलाई दार्जिलिङ लिएर गए, जहाँ उनी अभिनित सिनेमा ‘राजु बन गया जेन्टलमेन’ को गीतको सुटिङ थियो । गौरी पनि त्यसबेलासम्म विदेश गएकी थिइनन् र दुनियाँका बारे धेरै जान्दिनथिन् । त्यसैले शाहरुखले उनलाई दार्जिलिङ लिएर गए । - नयाँ पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस