जुन उखान टुक्काहरुले आमालाई सम्झाइरहन्छ...

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १३ : १३
जुन उखान टुक्काहरुले आमालाई सम्झाइरहन्छ...

चितवन । आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन । सबैले आफ्नी आमालाई सम्झेका छन् । मीठोमसिनो खुवाएका छन् । उपहार दिएका छन् । कतिजना आमालाई भेटेरै मीठो खानेकुरा खान दिई श्रद्धा व्यक्त गर्दैछन् । जो टाढा छ उसले पनि कुनै न कुनै तरिकाले आमालाई सम्झिरहेको हुन्छ । आमालाई सम्झाउने उखान टुक्काहरु पनि छन्। जुन उखान टुक्काहरुले आमालाई सम्झाइरहन्छ । 

– आमाको दूधको भारा कति गरे पनि तिरिंदैन
– आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि
–आमा तिरको साइनु न बाबु तिरको साइनु
–आमा पछिको मामा, दाजु पछिकी भाउजु
–आमा भन्दा छोरी बाठी
–आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने
–आमाबाबु थिएनन्, बिहे गरिदिएनन्
–आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने
–आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने
–आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले
–आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ
–आमा बाबु उठेका, छोराछोरी सुतेका
–आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे
–आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन्
आमा छउञ्जेल माइति
–आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो
–आमा दिन्छे, छोरी खान्छे
–आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ
–आमा बिनाको के घर, बाबु बिनाको के थर
–आमाले कुट्दा दुख्दैनन्
–आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र
–आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ
–आमा सित मामाको बखान
–आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो र
–आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ
–आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो
–आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी
–आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन
–आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन
–आमाजस्ती सासू भए किन आउँथे आँसु
–आमा तिरको मामा न बाबु तिरको काका
–आमा देखे भोक हराउँछ
–आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ
–आमा पट्टकिो न बाबु पट्टकिो
–आमा बिनाको घर के काम
–आमा बिनाको संसार सधैं अँध्यारो
–आमा भन्दा छोरी चर्की
–आमा भन्दा छोरी जान्ने
–आमा मरेको छोरो बिग्रिदैन, बाबु मरेको छोरो सप्रँदैन
–आमा र भाउजु एउटै हो
–आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्
–आमाले काटेको र बाबुले चाटेको
–आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू
–आमा हुन साह्रो, बाउ हुन सजिलो
–आमैका अगाडि बाबैका दुहाई
–आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्
 

प्रतिक्रिया दिनुहोस