नेपाल आइडलबाट चर्चित गायक कृशल र मिनराजले ल्याए ‘बरिलै’

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १९ : ०४
नेपाल आइडलबाट चर्चित गायक कृशल र मिनराजले ल्याए ‘बरिलै’

काठमाडौं । नेपाल आइडलको दोस्रो सिरिजबाट चर्चित गायक कृशल कँडेल र मिनराज पौडेलको स्वर रहेको गीत ‘बरिलै’को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक फ्युजन शैलीको ‘बरिलै’ गीतमा शब्द, संगीत नृपेश उप्रेतीको रहेको छ । लामो समयदेखि गीत गजल लेखनमा सक्रिय नृपेशले यो गीतमा पहिलो पटक संगीत भरेका हुन् । 

प्रबिन थापाले निर्देशन गरेको म्युजिक भिडियोमा कृशल र मिनराजले मोडल करिष्मा ढकालसँग रोमान्स गरेका छन् । नमराज घिमिरेको छायाँकन, प्रज्वल घिमिरेको सम्पादन भिडियोमा रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस