सञ्चारकर्मी सन्दीप भट्टद्वारा निर्देशित नयाँ गीत बजारमा

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १५ : ४५
सञ्चारकर्मी सन्दीप भट्टद्वारा निर्देशित नयाँ गीत बजारमा

काठमाडौँ । नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको  ‘तिमीलाई माया गर्ने मान्छे...’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । 
जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन । 
सन्तोष सुनारले छायंकन गरेको सो गीतको म्यूजिक भिडियोमा सुमन ढकाल, अस्मिता काफ्ले तथा बालकलाकार राजन सुनार र कृतिका अधिकारीले अभिनय गरेका छन । गीतको छायंकन नवलपरासीका विभिन्न स्थानमा गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस