मतदान गर्न जनतालाई अपिल गरेका अक्षयले किन हालेनन् भोट ?

विहीबार, १९ बैशाख २०७६, १६ : २५
मतदान गर्न जनतालाई अपिल गरेका अक्षयले किन हालेनन् भोट ?

एजेन्सी । बलिउड स्टार अक्षय कुमार भारतमा जारी लोकसभा निर्वाचनकै दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गैर राजनीतिक भन्दै गरेको अन्तर्वार्ताका कारण विवादमा तानिएका थिए । अहिले फेरि मतदान नगरेको भन्दै सामाजिक सन्जालमा उनको आलोचना भएको छ । 

बलिउड स्टार अमिताभ बच्चनदेखि अधिकांश चर्चित कलाकारले मतदानपछि औलामा लगाइएको नीलो रङसहितको फोटो सामाजिक सन्जालमा सेयर गरेका थिए । अक्षय पत्नी ट्विंकल खन्नाले समेत मतदानपछिको तस्बिर सेयर गरेकी थिइन् । 

देशभक्तिपूर्ण सिनेमाका कारण राष्ट्रवादी कलाकारको छबि बनाएका अक्षयले आखिर किन मतदान गरेनन् ? भनेर सामाजिक सन्जालमा उनको आलोचना भएको छ । एनडीटीभीका अनुसार यस्तोमा किन मतदान नगरेको भनेर सोधिएको प्रश्नमा अक्षयले एक पत्रकारलाई भने, ‘चलिए बेटा ।’ यसबाहेका उनले कुनै प्रतिक्रिया जनाएका छैनन् । 

जबकि एक महिनाअघि प्रधानमन्त्री मोदीले मतदानका लागि जनतालाई उत्साहित बनाउन अक्षयलाई आग्रह गर्दै ट्विट गरेका थिए । त्यसपछि अक्षयले पनि मतदान गर्न जनतामा अपिल गरेका थिए । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस