शिवले लिएर आए परदेशीको पिडा बोकेको गीत (भिडियो)

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, १५ : ४९
शिवले लिएर आए परदेशीको पिडा बोकेको गीत (भिडियो)

काठमाडौं । "किन दुख्छ" "चाहे माया गर" "जय नेपाल" जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत "परदेशी आउ है फर्केर"  रिलिज भएको छ । नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख  गीतको भिडियोमा देखाइएको छ । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र  प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु  प्रति समर्पित गर्दै बिश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो । 

यस गीत स्वर, शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज बिकले गरेका हुन । विवेक खड्काले खिचेको भिडियोमा जीवन, सुनिता, सुक्मित  र रोजिनाको अभिनय रहेको छ । प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन । कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो । 
गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट, कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह जवेलरी  इन्डस्ट्रीजका अध्यक्ष समेत हुन ।

 

प्रतिक्रिया दिनुहोस