मलाई करणको ‘कठपुतली’ भन्दा फरक पर्दैन : आलिया

विहीबार, १९ बैशाख २०७६, १५ : २०
मलाई करणको ‘कठपुतली’ भन्दा फरक पर्दैन : आलिया

एजेन्सी । निर्माता करण जोहरले बलिउडमा डेब्यू गराएका अभिनेत्री आलिया भट्ट थोरै समयमा धेरै हिट फिल्म दिने अभनेत्रीमा पर्छिन् ।

फिल्म स्टुडेन्ट अफ द इयरमार्फत करणले आलियालाई डेब्यू गराएका हुन् । अहिले पनि हरेक फिल्म साइन गर्नु पूर्व आलिया करणको सल्लाह लिने गर्छिन् । यही कुरा बलिउडमा गसिपको विषय बनेको छ । यतिसम्म की उनलाई करणको ‘कठपुतली’ भएको आरोप लाग्ने गरेको छ ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा आलियाले करण आफ्नो गुरु रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘बलिउडमा करणले मलाई पहिलो मौका दिए । म उनलाई निकै इज्जत गर्छु । अन्यले मलाई करणको ‘कठपुतली’ भन्छन् । तर मलाई यसले केही असर गर्दैन ।’

हाइवे, हम्प्टी शर्माकी दुल्हनिया, कपूर एण्ड सन्स, उडता पञ्जाब, बदरीनाथकी दुल्हनिया जस्ता हिट फिल्ममा आलियाले अभिनय गरिसकेकी छिन् ।

आलिया अभिनित मल्टिस्टारर फिल्म 'कलंक' हालै प्रदर्शनमा आएको थियो । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस