नेकपा पोलिटब्युरो गठन: भागबन्डामा सहमति

पत्रपत्रिकाबाट

विहीबार, १९ बैशाख २०७६, ०७ : २७
नेकपा पोलिटब्युरो गठन: भागबन्डामा सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वको पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ ।

नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो ।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ ।
 
नेकपा पोलिटब्युरोमा कुन समूहका को ?
दाहाल ४९, ओली ३८, नेपाल ३६, थापा १०, गौतम ७, श्रेष्ठ ७
यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस