टिकटकप्रति वर्षाको आक्रोश

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, २१ : ५१
टिकटकप्रति वर्षाको आक्रोश

काठमाडौं । सरकारले अचानक पब्जीमाथि प्रतिबन्धको निर्णय सुनायो। दुनियाँभरका महŒवपूर्ण काम छाडेर सरकार पब्जीको पछि लागेको धेरैलाई मन परेन। तर, सरकारको निर्णयमा दंग देखिइन्,वर्षा शिवाकोटी।

उनले फेसबुकमा स्ट्याटसै लेखेर पब्जी प्रतिबन्धको खुशी व्यक्त गरिन्। साथमा थपिन्, ‘पब्जीजस्तै टिकटक पनि बन्द हुनुपर्छ।’उनको तर्क थियो– टिकटकले कलाकारको भ्यालू घटाइरहेको छ।

उनको स्ट्याटसमा धेरैले समर्थन गरे। उनको बुझाइमा आंशिक सत्यता पनि थियो। केही समययता कलाकार सामाजिक सञ्जालसँगै टिकटकजस्ता एपमा बारम्बार देखिँदा दर्शकमा कलाकारलाई हलमा हेर्ने उत्सुकता कम हुँदै गएको टिप्पणी हुन थालेको छ।

तर, वर्षाले सही कुरा गरिन् भन्नेहरू त्यतिबेला चकित भए, जब एकदुई दिनपछि उनी स्वयं आफ्नो रिलिज हुन लागेको फिल्म ‘वीरविक्रम २’को गीत गुनगुनाउँदै टिकटकमा देखापरिन्। आफैँले बोलेको कुरामा उनी हप्तादिन पनि टिक्न सकिनन्। यस्तै बेतुकको कामले हो कलाकारको भ्यालू घटिरहेको। वर्षालाई कसले सम्झाइदिने ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस