स्वास्थ्यका कारण श्वेताले छाडिन् ‘हेल्लो जिन्दगी’

सोमबार, १६ बैशाख २०७६, १८ : ११
स्वास्थ्यका कारण श्वेताले छाडिन् ‘हेल्लो जिन्दगी’

काठमाडौँ । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतमा शल्याक्रिया भएको छ । उनले सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भारतमा सफल शल्याक्रिया भएको जानकारी दिएकी छन् । आफूसँग जिन्दगीले दोस्रो पटक खेल खेलेको बताउँदै शल्याक्रियापछि आफूले दोस्रो जीवन पाएको उनले स्टाटसमा लेखेकी छन् । 
'फिल्म 'हेल्लो जिन्दगी' को सुटिङका लागि लन्डन गएको केही दिनपछि मेरो घाँटी र चिउँडो नजिकै निकै पीडा हुन थाल्यो । डाक्टरसँग परामर्श गर्दा गर्धनमा ट्युमर देखियो । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि हाल दिल्ली आएर उपचार गराइरहेकी छु', उनले स्टाटसमा लेखेकी छन् । 
 
दिल्लीस्थित बिएलके अस्पतालमा सुरेन्द्र कुमार दवासले अभिनेत्री श्वेताको सफल शल्याक्रिया गरेका हुन् । उनी केही दिनमा नेपाल फर्किने बताइएको छ । उनले आफ्नो स्वास्थ्यका कारण फिल्म 'हेल्लो जिन्दगी' गर्न नसकेको पनि स्टाटसमार्फत् जानकारी गराएकी छन् । केही दिन अगाडि मात्र उनी यो फिल्मका लागि लन्डन उडेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस